पथरी । आज फागुन २९ गतेबाट दादुरा रुबेला बिरुद्धको खोप अभियान पथरी शनिश्चरे नगरपालिकामा संचालन हुँदैछ ।
नगरको १० वटै वडाहरुमा एकै साथ बिभिन्न विद्यालयहरुमा स्वास्थ्यकर्मीहरुले खोप अभियान संचालन हँुदै गरेको हो ।
९ महिनादेखी १५ वर्षसम्माका बालबालिकाहरुलाई यो खोप लगाउने अभियान संचालन भएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।
पथरी शनिश्चरे नगरमा आज फागुन २९ गतेबाट चैत्र ४ गतेसम्मा खोप अभियान संचालन हुने नगर स्वास्थ्य शाखाका बरिष्ठ स्वास्थ्य अधिकृत एकराज खत्रीले बताए ।

तपाईको प्रतिक्रिया