
पथरी । ब्यात्तीको कागजपत्र दुरुपयोग गरि ठगिधन्दा चलाउंदै आएका ३ जनालाई सुन्दरहरैचा मोरङबाट प्रहरीले पक्रउ गरेको छ ।
प्रहरीले बंगलादेश पल्लाबी ढाका बस्ने बर्ष ४९ को बंगलादेशी नागरिक महमद महबुर हुसेन, बंगलादेश सितागन्ज बस्ने बर्ष ३७ को बंगलादेशी नागरिक महमद तानबिर हुसेन र काठमाण्डौ नयाँबजार बस्ने २३ बर्षिया सुनिता खत्रीलाई पक्राउ गरेको हो ।
फागुन २९ गते सुन्दरहरैचा नगरपालिका ८ सलकपुरका स्थानिय ब्यक्तिहरूलाई नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफु परोपकारी संस्था डब्लु बि.एस.सी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारी ३० जना भन्दा बढि ब्यक्तिहरूलाई जनही रू १०००।–, र रू १५००।– का दरले रकम उपलब्ध गराई सम्बन्धित स्थानीय ब्यक्तिहरूको नागरिकताको प्रतिलिपी र फोटो लिएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेपछि थप अनुसन्धानको क्रममा ब्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी सोको दुरूपयोग गर्दै अनधिकृत रूपमा इसेवा, खल्ती लगायतका डिजिटल वालेटहरूको खाता खोल्ने र अनलाइन माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका उनिहरुलाई अन्तरदेशीय संगठित गिरोहका निम्न जिल्ला अदालत मोरङबाट ठगी उद्योग कसूरमा दिन ५ (पाँच) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनायो ।
उनिहरुको साथबाट एनसेलको १५ थान सिमकार्ड, सुनिता खत्री र तानबिर मिया दर्जीको नाममा रहेको राहदानी २ थान, नेपाली नगद ५ हजार १ सय ५० रुपैयाँ, एटिएम २ थान, तानबिर मिया दर्जी को नाममा जारी भएको नेपाली नागरिकता १ थान र विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको जनाएको छ ।







