
पथरी । नेकपा एमाले पार्टीले नैना राईलाई वडा अध्यक्षको उम्मेद्धवार बनाएको छ । पथरीशनिश्चरे २ बुद्धचौकका युवा ब्यवसायी राईलाई एमाले पार्टीले टिकट दिएको एमाले स्रोतले बताएको छ । आज मनोनयन दर्ताको तयारी रहेको छ । दलित महिला सदस्यमा सिता भुसाल र महिला सदस्यमा अम्बीका लिम्बु सर्बसम्मत निणर्य भएको छ भने अन्य २ जनाको केही समय पछि आउने जनाइएको छ ।





