भोजपुर । आज चैत्र १ गते बिहिबार उदयपुरको बेलका नगरपालिका–७ मेैनामैनीमा को १ ज २५९३ नम्बरको बोलेर दुर्घटना हुँदा ८ जना मृतक र ९ जनाको घाइतेको सनाखत भएको छ ।
चालक हतुवागढी गाउँपालिका–२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की वर्ष ७० पर्वतमाया राई, वर्ष २३ का चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको उमेर ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ वर्ष ६८ का पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ वर्ष ३० राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको र हतुवागढी गाउँपालिका–५ का ४२ बर्षीय किसान राईको मृत्यू भएको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–५ वर्ष ३७ बिशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी वर्ष २० की मिनु राई, सोही स्थानकी वर्ष ३६ साबित्रा राई, हतुवागढी गाउँपालिका–२ वर्ष ३२ शान्ति राई, हतुवागढी गाउँपालिका–१ का वर्ष १७ सुनिल परियार, सोही स्थानकी वर्ष १७ सबिना परियार, ईटहरी–१७ सुनसरीकी वर्ष ३४ गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी–१७ की वर्ष २९ रमा थापाको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनायो ।
सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।






