
दमक । गौरादह नगरपालिका–७ योगिटारकी वर्ष ८२ की बृद्धा नरमाया बिश्वकर्माको हत्या अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
मृतककै नाती वर्ष १८ का धिरज बिश्वकर्मा र स्थानीय वर्ष १८ राजु मल्लिक वृद्धा हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते शव फेला परेको थियो ।
गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका २ जनालाई फागुन ३० गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाँजा खाई लट्ठ भएका बि.क.ले फागुन २६ गते राती २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।






