
पथरी । पथरी शनिश्चरे २ छयालिस बिघे मोरङका युवा मलेसियामा सडक दुरघटनामा परि मृत्यू भएको छ ।
मलेसिया सालाङगा स्थित एसटिनो कलर कम्पनीमा कार्यरत वर्ष ४४ का राजु आले मगरको फागुन २७ गते आइतबारको दिन सडक दुरघटनामा परि घटना स्थलमा नै मृत्यू भएको हो ।
२०७२ सालदेखी बैदेशिक रोजगारीमा रहेका मगरको १ श्रीमती १ छोरा १ छोरी १ बाबु परिवारमा रहेका छन ।
उनको शवलाई चैत्र ५ गते नेपाल ल्याउने प्रक्रियामा रहेको परिवार स्रोतले जानकारी दिएको छ ।
उनि सगै धनकुटा नगरपालिका ७ रविन बिश्वकर्माको मृत्यू भएको थियो । उनिहरुलाई एक मालबहाक टयाङकरले ठक्कर दिएको जनाइएको छ ।






