विराटनगर । सौचालयमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको अवस्थामा स्टाफ नर्स शव प्रहरीले भेटेको छ ।
विगत ४ महिना देखी कोठा विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्ने वर्ष २३ की चन्द्रिकाकुमारी दासको हत्या गरेको अवस्थामा शव प्रहरीले भेटेको हो ।
आज चैत्र २ गते मध्यन्नको समयमा प्रहरीले दासको शव भेटिएको प्रहरीले जनाएको छ ।
नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको किन र कसले हत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

तपाईको प्रतिक्रिया