पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा रहेको चन्द्र किरातेश्वर माबिको शिक्षक अविभावक संघमा स्थानिय देवीप्रसाद भेटवाललाई अध्यक्षमा चयन गरेको छ ।
आज चैत्र २ गतेको भेलाबाट भेटवाललाई सर्बसम्मत अध्यक्ष चयन गरिएको हो । आजकै भेलाबाट बिद्यालय ब्यवस्थापन समितिको सदस्यहरु शन्त लिबाङ, राज पयाङ्गो, सुनिता राई, शान्ता बिश्वकर्मा ४ जना सर्बसम्मतले चयन गरिएको बिद्यालय प्रसाशनले जनाएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का अध्यक्ष उद्धवराज बस्नेत, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काँसिराज राई प्रधानाध्यापक हर्कराज जिमी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया