पथरी । पंचायत मावि पथरी शनिश्चरे १ ले २६ औं अन्तराष्ट्रिय गणित दिवसमा एक दिवसिय तालिम संचालन भएको छ ।
आज चैत्र २ गते शुक्रबार बिद्यायलको तालिम हलमा छिमेकी पालिका तथा पथरी शनिश्चरे नगर भरि रहेका विद्यालयका गणित शिक्षक/शिक्षिकाहरुको सहभागितामा एक दिवसिय संचालन गरेको हो ।
पंचायत माबिको आयोजनामा एन. एम. एस. कोशी प्रोभिन्सको प्राबिधिक सहयोगमा यो तालिम संचालन भएको थियो ।
नेपाल गणित समाज कोशी प्रदेश अध्यक्ष ढकबहादुर थापा (डिबि), सोही संस्थाको कोषाध्यक्ष घनश्याम अधिकारी र पंचायत माविका शिक्षक टंक काफ्लेले सहजिकरण गरेका थिए ।
पंचायत माबिका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका कार्यालयको शिक्षा शाखा प्रमुख सालिग्राम काफले रहेका थिए । कार्यक्रममा नेपाल गणित समाज कोशी प्रदेशका सचिव बद्री तामाङ सदस्य नर बहादुर तामाङ र पंचायत माबि बिब्यसका अध्यक्ष युवराज बास्कोटाको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया