पथरी । पथरी शनिश्चरे नगरपालिका मोरङमा चैत्र २७ गतेदेखी ३० गतेसम्मा तेस्रो राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ ।
शहिद रत्नकुमार बान्तावाको स्मृतीमा चैत्र २७ गतेदेखी ३० गतेसम्मा ३ दिवसिय प्रतियोगिता हुने भएको हो ।
फेन्डसिप चेस क्लबले आयोजना गरेको यस प्रतियोगितामा अनुमानि ११ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका कोषाध्यक्ष डम्बर बाछाना राईले जानकारी दिए ।
प्रथम नगद पुरस्कार ५१ हजार रुपैयाँ राशी, ट्रफि, मेडल र प्रमाण पत्र रहेको यस प्रतियोगितामा नेपाल भरीका खेलाडीहरुले सहभागिता जनाउने छन । पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा महिला/पुरुष खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।
दोस्रो सिजनको प्रतियोगितामा काठमाण्डौंका बद्रीलाल नेपाली डिफेण्डीङ च्याम्पीयन हुन । प्रथम, दोस्रो तेस्रो सहित बिभिन्न बिधामा पुरस्कारहरु रहने छन । पथरी शनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा आवास सहित संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया