
पथरी । पथरी उद्योग बाणिज्य संघको बैठक पुस्तीकामा आफनो किर्ते हस्ताक्षर गरेको भन्दै संघका नव निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले पत्रकार सम्मेलन गरेका छन ।
आज चैत्र ३ गते शनिबार पथरी शनिश्चरे नगरपालिका १ मन्दिरलाइनको शिवालय मन्दिर परिसरमा संघका अन्य पदाधिकारी हरुले आफनो किर्ते हस्ताक्षर गरेको भन्दै पत्रकार सम्मेलन गरेको हो ।
२०८० फागुन १९ गते शुक्रबार संघको पहिलो बैठकमा आफनो हस्ताक्षर सद्धर रहेको तर मिति २०८० फागुन १० गतेको बैठक भनेर किर्ते हस्ताक्षरको गरेको कोषाध्यक्ष राजभण्डारी बताएका छन । किर्ते हस्ताक्षरको बिरुद्धमा आफु अदालतसम्मा जाने तयारी गरिरहेको पत्रकार सम्मेलनमा राजभण्डारीले जानकारी दिए ।
संघको १९ औं साधरण सभा फागुन ७ गते सर्बसम्मत निर्वाचित भएर आएका कोषाध्यक्ष राजभण्डारीले आफु सर्बहराको लिडर भएकोले सडकबाट नै आवाज उठाउने पत्रकार सम्मेलनमा बताए ।
आफु सहित केही ब्यापारीहरुको बैंकले अनाधिकृत रुपमा गोपनियता खोलेको भन्दै आयोजित पत्रकार सम्मेलनमा असन्तुष्टी पोखेका थिए । कोषाध्यक्ष राजभण्डारी दुर्गा प्रसाईंको पथरीशनिश्चरे नगरको नेतृत्वहरु मध्ये एक हुन ।






