भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।
जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पस्दा स्थानियको घर जलेर नष्ट भएको हो ।
आगलागी नियन्त्रण गर्न नेपाली सेना, प्रहरी सहित स्थानीयहरुले आगो नियन्त्रणमा लिने काम गरिरहेको जिप्रका भोजपुरले जानकारी दियो । आगालागी नियन्त्रणमा नआइसकेको हुँदा बिबरण आउन बाँकी रहेको छ ।






