पथरी । पथरी शनिश्चरे नगर पालिका १ पूर्व बस स्टेण्ड छेउमा दुरघटना हुँदा ४ जना घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरी शनिश्चरे नगर पालिका ४ का सिटी सफारी चालक पहलमान खत्री, सिटी सफारीमा सवार पथरीशनिश्चरे ८ वर्ष ४८ का नर बहादुर भण्डारी पथरी शनिश्चरे १ वर्ष ७९ गंगाजित कार्कीढोली र वर्ष ७८ की अनिता कार्कीढोली घाइते भएका हुन ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सिटी सफारीलाई मे १ ख २९५३ नम्बरको ट्रकले पाछाडीबाट ठक्कर दिएर दुरघटना भएको थियो ।
न्यूरो अस्पताल विराटनगरमा उपचारको लागी लगिएको र अवस्था सामन्य नै रहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया