पथरी । डाँस मोरङगी सामुदायिक वन उपभोत्ता समुह पथरी शनिश्चरे १० जिरिखिम्ती मोरङले बिपन्न आफना उपभोत्ता ४ जना सदस्यहरुलाई घर निर्माण गरी दिएको छ ।
वन समुहका अध्यक्ष मदन पोख्रेल (विद्या)का अनुसार धनमाया राई, निर्मला गरुङ, दिलिप श्रेष्ठ र नगेन्द्र पासवानलाई उनिहरुको बसोबास गरिरहेको स्थानमा घर निर्माण गरिदिएको हो ।
यस्तै रमेश मगर, मित्र बिक र भिमबहादुर मुदेल ३ जनालाई ८७ किबि गोलिया काठ निशुल्क उपलब्ध गराएको छ ।
घर निर्माणको काम भइरहेको र काठ, जस्ता, काँटीकब्जा, मजदुरी सबै समुहले उपलब्ध गराउने गरि आर्थिक अवस्था कमजोर र आयस्रोत नभएका उपभोत्तालाई बस्ने टहरो बनाउदै हस्तानतरण गर्ने काम भइरहेको अध्यक्ष पोख्रेलले बताए ।
यसको लागत अनुमान बार्षिक निति तथा कार्यक्रम अनुसार काम गरिरहेको अध्यक्ष पोख्रेलको भनाई रहेको छ । तस्वीर प्रेमकेडि भट्टराई 

तपाईको प्रतिक्रिया