पथरी । पथरी उद्योग बाणिज्य संघको बिवाद जिल्ला प्रशासन कार्यालय विराटनगर मोरङमा पुगेको छ ।
८ दलिय गठबन्धनको तर्फबाट सर्बसम्मत निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले बैठकको एक निर्णयमा आफनो हस्ताक्षर किर्ते गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा चैत्र ४ गते आइतबारको दिन उजुरी दिएका हुन ।
२०८० फागुन ७ गते निर्वाचन सम्पन्न भएर पदाधिकारी सहित १३ सदस्य संचालक समिति चयन भएको १ महिना भित्रमा भएको बिवाद जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको पथरी उद्योग बाणिज्य संघको इतिहासमा पहिलो घटना हो ।
नव निर्वाचित कोषाध्यक्ष राजभण्डारीले आफनो हस्ताक्षर किर्ते गरेको भन्दै चैत्र ३ गते पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेका थिए ।
चैत्र ४ गते जिल्ला प्रशासन कार्यालय मोरङमा २६७९ दर्ता न. भएको निवेदनमा विपक्षी बनाइएका पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।
२०८० फागुन १९ गतेलाई संघको १९ औं साधरणसभा सम्पन्न भएपछिको पहिलो बैठक भनिए पनि फागुन १० गते गोप्य बैठक बसी उत्त बैठक पुस्तीकामा आफनो किर्ते हस्ताक्षर गरेको कोषाध्यक्ष राजभण्डारीले दावि गरेका छन ।
यता पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतका अनुसार संघको कामलाई बन्धक बनाउने उदेश्य सहित केही साथीहरु लागेको प्रतिक्रिया दिएका छ ।
फागुन १९ गते संघका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा बैठक बस्दा ४ वटा प्रस्तावहरु माथि छलफल भएको अभिलेखमा छ ।
सोही बैठकमा प्रस्तावहरु, धन्यवाद ज्ञापन सम्बन्धमा, वैंक खाता संचालन सम्बन्धमा, संघको नियमित बैठक सम्बन्धमा र बिविध विषयहरु उल्लेख छ ।
पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले जानकारी दिए अनुसार संघले संचालन गरिरहेको वैक खाता संचालन गर्न वैंकलाई पत्रचार गरिएको तर कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीको नाम बैंकको कालो सुचिमा रहेकोले खाता संचालनमा गर्न नसक्ने उत्तर आएपछि यो समस्या आएको बताए ।्
अध्यक्ष बस्नेतका अनुसार वैंक खाता संचालन गर्न अध्यक्ष महासचिव र कोषाध्यक्ष तिनजनाको हस्ताक्षर चाहिने र सम्पूर्ण चेक तथा आर्थिक कारोबारमा कोषाध्यक्षको हस्ताक्षर अनिबार्य रहेको बताए ।
वैंक कालो सुचिको विषयलाई लिएर कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीसंग बसेर छलफलबाट निकास खोज्दा सम्भव नआएपछि १५ दिन भित्रमा वैक खाता संचालनको लागी मार्ग प्रसस्त गरिदिन अनुरोध गरेको पत्र प्रदान गरिएको बताए ।

तपाईको प्रतिक्रिया