
पथरी । हरियाली सामुदायिक वन उपभोत्ता समहु पथरीशनिश्चरेका उपभोत्ता सदस्यहरुलाई ५० प्रतिशत छुटमा पिउनेपानी जडान गर्ने सहमति भएको छ ।
पथरी खानेपानी सरसफाई उपभोत्ता समितिले संचालन गरेको खानेपानीको मिटर ५० प्रतिशत छुटमा जडान गर्ने सहमति भएको हो ।
वन समुहका अध्यक्ष काबुल बहादुर मगर (विकास) ले २०८० फागुन २० गते आफ्ना उपभोत्ता सदस्यहरुलाई ५० प्रतिशत छुटमा पिउने पानीको मिटर उपलब्ध गराइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।
पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समुहका अध्यक्ष जयराम बिष्टले वन समुहलाई पत्र लेख्दै २०८१ जेठ मसान्तसम्माका लागी ५० प्रतिशत छुटमा धारा जडान गर्ने गरि चैत्र ३ गते बसेको समितिको बैठकले निर्णय गरेको भन्दै पत्रद्धरा जानकारी गराएका छन । पत्रमा उल्लेख भए अनुसार खानेपानीको धारा जडान गर्दा ८ हजार १० रुपैयाँ लाग्ने भएपनि हरियाली सामुदायिक वन उपभोत्ता समुहको सिफारिस ल्याएर आउने सदस्यको लागी ४ हजार ५ रुपैयाँमा मिटर उपलब्ध गराउने जनाइएको छ । समितिको यो निर्णयले करिब ५ सय भन्दा बढी घरधुरी लाभन्वीत हुने भएका छन भने खानेपानी विस्तारको काम द्रुतगतिमा अगाडी बढाउदै लगेको छ ।






