
पथरी । ज्यान मुद्धामा जन्मकैद काराबासको सजाय पाएर फरार भएका अभियुत्तहरुलाई १६ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका वडा नं.–१ बस्ने वर्ष ४८ जित बहादुर राई, बर्ष ४१ गंगा भन्ने ज्ञान बहादुर राई,
बर्ष ४० को लक्ष्मण राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
२०६४।०२।२० गते रातिको समयमा रमिते–४ हाल मिक्लाजुङ गा.पा. वडा नं.–१ सन्तोष राईको हत्या गरि हालसम्म फरार रहेका थिए । जित बहादुर राईको घरपैंचोमा मृतक सन्तोष राईलाई सामन्य भनाभन हुँदा कुटपिट गरेर हत्या गरी लासलाई मिक्लाजुङ गाउँपालिका वडा नं.–१ स्थित केमुना भंज्याङको जंगलमा खाल्डोमा फेला परेका थिए ।
जिल्ला अदालत मोरङको मिति २०७७/११/१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धाका उनिहरुलाई जन्म कैद तोकिएकोमा उच्च अदालत बिराटनगरको मिति २०७८।०९।२३ गते र सर्बोच्च अदालतको मिति २०८०।०४।१६ गतेको फैसलाले जिल्ला अदालतको सुरू निर्णय सदर गरेको प्रहरीले जनाएको छ ।






