बेलबारी । बेलबारी नगरपालिका १ भेडाटोलमा श्रीमती हत्या गरि आफले पनि आत्माहत्या गरेको छन ।
इलाका प्रहरी कार्यालय बेलबारी अनुसार वर्ष ६० का बम बहादुर लिम्बुले वर्ष ४५ का गिता लिम्बुको हत्या गरेर आफुले पनि आत्माहत्या गरेका हुन ।
प्रहरीका अनुसार आज चैत्र ७ गते बुधबार गएराती १ बजेको समयमा बम बहादुरले गितालाई दाउ प्रहार गरि त्यही दाउले आफनो घाँटीमा रेटेर आत्माहत्या गरेका प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको जानकारी दिएको छ ।
गिताको घटना स्थालमा नै मृत्यु भएको र बमबहादुरको विराटनगरमा उपचारको लागी लानेक्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो ।

तपाईको प्रतिक्रिया