पथरी । स्थानिय तहमा संघियता कार्यन्वयन सम्बन्धी एक दिवसिय कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा आज चैत्र ७ गते बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख मोहन तुम्वापोको अध्यक्षतामा संघीयता कार्यान्वयन सम्वन्धी कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु भीम कुमार राई, नैना राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, वीरबहादुर राई, जीवन खतिवडा शाखा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलले सो कार्यक्रमको सहजीकरण गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया