पथरी । पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले पिउने पानीको स्रोत थप्न टयाङकी निर्माणको काम थालेको छ ।
पथरीशनिश्चरे नगरपालिका १ मोरङको भुल्केको जरुवापानीको स्रोतबाट टयाङकी निर्माणको काम थालेको हो ।
पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्राविधिक टोलीले तयारी स्टीमेट अनुसार ३० फिट गहिरो ४ मिटर लम्बाई चौडाइ रहेको टयाङकी ४९ लाख रुपैयाँको लागतमा निर्माण गरिरहेको उपभोत्ता समितिका अध्यक्ष जयराम बिष्टले बताए ।
आन्तरिक बजेटबाट १५/१५ को २ वटा मोटर राखेर प्रति सेकेण्ड १५ देखी १८ लिटर क्षमताको टयाङकी रहने अध्यक्ष बिष्टले बताए ।
नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तरगत संघिय खानेपानी आयोजनाको प्रत्यक्ष निगरानी र सल्लाहा बमोजिमको टयाङकी निर्माण भइ रहेको छ ।
हाल द्रुत गतिमा खानेपानी उपभोत्ता सदस्यहरु बिस्तार गरिरहेको समितिको २ हजार ८ सय बढी घरधुरीले सेवा लिइरहेका छन ।
असार मसान्तसम्म ४ हजार ग्राहक सदस्य पुर्याउने लक्ष्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया