पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ वडा कार्यालयले स्थानिहरुलाई ब्यवसायिक मुढा बुनाई तलिम संचालन गरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को लक्षित कार्यक्रम अन्तर्गत दश दिने सो मुढा बुनाई तालिममा वडाका ३० जनाको सहभागितामा तालिम संचालन गरिरहेको हो ।
वडा अध्यक्ष उद्धवराज बस्नेतले गरेको कार्यक्रममा सदस्यहरु नरेश बहादुर राई, मनि कुमार लिम्बु, उषा लम्जेल, सपना राई र वडा सचिव ललिता लावतीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया