पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा लाग्ने कृषि बजार ब्यवस्थापन समितिको दोस्रो साधरण सभाबाट नयां नेतृत्व चयन भएको छन ।
आज चैत्र १० गते शनिबार सम्पन्न भेलाबाट राजेन्द्र गुरुङ अध्यक्ष, काजी साँवा उपाध्यक्ष, जोन सुब्बा चन्द्र थाम्सुहाङ सहसचिव, र शर्मिला लिम्बु कोषाध्यक्ष चयन भए । यस्तै सदस्यहरुमा राजमान राई, खिनमाया लिम्बु, भिम बहादुर रासाइली, किशोर मान लिम्बु, शिव लिम्बु, काजी राई, भुवन बिष्ट र सवित्रा खडका सर्वसम्मत चयन भएका हुन ।
लेखा समिति संयोजक धनप्रसाद सावाँ लिम्बु सदस्यहरुमा दिलकुमार लिम्बु र विकास बिष्ट रहेका छन भने पदम राई, सुर्यमान राई तिलक थापा, बुद्धिमान लिम्बु सल्लाहार समिति चयन गरेको छ ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका १ मोरङका वडा अध्यक्ष भिमकुमार राईले बजार सफा सुन्दर बनाउन यस समितिले पहल गर्ने बजार विकासमा वडाबाट हुने आर्थिक, भौतिक र नैतिक सहयोग रहने बताए ।
कार्यक्रममा प्रदिप कुमार राई, तुलसी ढकाल, मानप्रसाद लिम्बू, अर्जुन जम्नेली राई, नरेशकुमार घतानी तिलक थापा, साबित्रा खडका, डम्बर चोङबाङ, सुर्यमान राई, उपेन्द्र मादेन लगायतको उपस्तिथि रहेको थियो ।
२०३६ सालमा स्थापना भएको कृषि बजार अहिले हप्ताको २ पटक आइतबार बिहिबार लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया