पथरी । नेकपा एस पथरी शनिश्चरे नगर कमिटीले भोली चैत्र ११ गते आइतबार दिउँसो १ बजे पथरी शनिश्चरे नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
नगरमा रहेका तमाम समस्याहरुलाई समाधान गर्ने सम्बन्धी रहेर ज्ञापन पत्र बुझाउने भएको हो । पार्टीको केन्द्रीय सदस्यद्धय कृष्णाकुमारी बिक र कृष्णाकुमारी राईको नेतृत्वमा ज्ञापन पत्र बुझउने कार्यक्रम रहेको सो पार्टीको पथरी शनिश्चरे नगर कमिटी अध्यक्ष तुलसी ढकालले बताए ।

तपाईको प्रतिक्रिया