विजय खम्बु
पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुह पथरी शनिश्चरे १ मोरङले दिगो वन विकास र उपभोत्ताको हित हुने कामलाई तिब्रताको साथ अगाडी बढाएको छ ।
मंसिर १६ गते समुहको १५ औं चुनावि साधरण सभा र २३ गते भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्यहरुले तिब्र गतिले कामलाई अगाडी बढाएको हो ।
समुहका अध्यक्ष कुलमणि गुरुङको नेतृत्वमा रहेको कार्यसमितिको टिम शत प्रतिशत कामको रिजल्ट निकाल्ने उदेश्य सहित काम गरिरहेको भेटिन्छन ।
एकपैसा पनि पनि तलव÷भत्ता नलिने र एकसिन्को पनि अनियमितता नगर्ने बचनबद्धताको काम गरिरहेको समुहका अध्यक्ष कुलमणि गुरुङले बताए । हामी भन्दा अघिल्लो समितिले गरेका कामहरु भन्दा नयाँ र राम्रा काम गर्ने लक्ष्य सहित निर्वाचन लडेर आएका हौं, यसलाई कुसलता पूर्वक सम्पन्न गर्नु आफुहरुको दायित्व रहेको अध्यक्ष गुरुङको भनाई रहेको छ ।
अध्यक्ष गुरुङले जानकारी दिए अनुसार उपभोत्ताले तिर्दै आएको वािर्षक लेबि यसपटक देखी हटाएको बताए । तलव भत्ता नै नलिने भएपछि लेवि नउठाउने निर्णय भएको हो ।
समुहले आफ्ना सदस्यहरुको आर्थिक अवस्था मूल्याङकन गरेर मध्यम, विपन्न र अति विपन्न गरि ग्रेडिङ गरिएको र अति विपन्न परिवारलाई समुहले उनिहरुको आर्थिक अवस्था मजबुद बनाउने कार्यक्रमहरु संचालन गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङको भनाई रहेको छ ।


१९८ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्र अहिले १ हजार ६३ घरधुरी उपभोत्ता सदस्यहरुको छन । यस आर्थिक वर्षमा १२ सय उपभोत्ता सदस्यहरु पुर्याउने निर्णय भएको अध्यक्ष गुरुङले बताए । नयां बसाईं सरि आएका मानिसले आवश्यक कागजपत्र सहित १० हजार रुपैयाँ, पुरानो बासिन्दालाई ५ हजार र नविकरण गर्नु छटेका सदस्यलाई ३ हजार रुपैयाँ सदस्यता शुल्क लिएर सदस्यता विस्तार गरिनेछ ।
हाल ८ जना उपभोत्ताल सदस्यले मासिक तलव बुझने गरि रोजगारी पाइरहेको छन भने ८ जना भन्दा अन्य वार्षिक ३ सयजनाले दैनिक ज्यालादारिमा काम गरिरहेको उल्लेख छ ।
यसवर्ष समुहले ३३ सय किबि काठ वनक्षेत्रबाट रित पुर्याएर निकालेको र माग अनुसार स्थलगत अनुगमन गरि सदस्यहरुलाई गत वर्षहरुमा भन्दा २५ प्रतिशत छुटमा बिक्री वितरण गरिएको समुहले जनाएको छ । वितरण गरिएका काठहरु सहि सदुपयोग भए नभएकोको अनुगमन गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।


असार मसान्तसम्मामा अति विपन्न उपभोत्ता सदस्य १० घरपरिवारलाई निशुल्क पिउने पानी जडान गरिदिने र १ वर्षको महसुल पनि समुहले नै तिरीदिने समुहका अध्यक्ष गुरुङको भनाई रहेको छ ।
समुहले निर्माण गरेको भुल्के सिमसार क्षेत्रमा घुम्न आउने पर्यटक र वन क्षेत्रमा खटिने कार्यसमिति तथा कर्मचारीको लागी ५ लाख र १० लाख रुपैयाँको बिमा गरिएको बताइएको छ । भुल्के सिमसार घुम्न आउने पर्यटकले टिकट काटेर प्रबेश गरेमा अंगभंग तथा मृत्यु दावि भुत्तानी हुने गरि बिमा गरिएको बताइएको छ ।
विशेषत नगरपालिकाले संचालनमा ल्याएको डम्पीङसाइट हटाउने गरि पहल गरिरहेको बताए ।
वनक्षेत्रमा डढेलो चोरी सिकारी मुख्य समस्याको रुपमा रहेको बताउँदै यसलाई.नियन्त्रण गर्न आफनो वनक्षेत्रमा वन रक्षक गस्ती कार्यसमितिको छडके गस्ती नियमित रहेको जनाए ।

तपाईको प्रतिक्रिया