पथरी । हिजो शुक्रबारबाट सुरु भएको पथरी शनिश्चरे वडा स्तरिय भेट्रान फुटबल लिग प्रतियोगिता अन्तरगत आज भएको खेलमा वडा न. १ र ७ अङक बाडदै बराबरी खेलेको छ भने वडा न.१० लाई हराउदै वडा न. ५ ले ३ अंक जोडेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. २ ले आयोजना गरेको भेट्रान लिग फुटबल प्रतियोगिता आजको खेलमा वडा न. १ र ७ बराबरी खेल्दै अंक बाडयो भने वडा ५ विजयी बन्दै ३ अंक जोडेको हो ।
पंचायत माविको खेलमैदान पथरी शनिश्चरे १ मा संचालन भइरहेको प्रतियोगिता चैत २३ शुक्रबार वडा नं ४ र ६ बिच पहिलो र वडा ३ र ८ बिच दोस्रो खेल हुनेछ ।
प्रथम पुरस्कार नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ भने दोस्रो नगद ३० हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । ४० वर्ष उमेर कटेको ४ जना खेलाडी अनिवार्य हुनु पर्ने नियम रहेको प्रतियोगितामा ९ जना खेलाडी रहने पालिका भित्रको खेलाडी हुनुपर्नेछ । तस्वीर छवि ढकाल 

तपाईको प्रतिक्रिया