
पथरी । राइजिङ ब्रदर्स सुजना छैठौं अन्तरास्ट्रिय आमन्त्रण च्यालेन्ज २०२४ अन्तरगतको हिसाव सार्वजानिक गरेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १० को प्रस्तावित नगर रंगसालामा फागुन १० गतेबाट २० गतेसम्मा संचालन गरेको प्रतियोगिताको हिसाव सार्वजानकि गरेको हो ।
आयोजक संस्थाहरु एसएमसी करण राई र वाइएफसी बिनम राईको उपस्थीति आज पत्रकार भेटघाट गर्दै २० लाख ३५ हजार रुपैयाँको हिसाव सार्वजानिक गरेको थियो ।
आयोजकले जनाए अनुसार २० लाख २० हजार २ सय २० रुपैयाँ खर्च भएको जनाइएको छ । १५ हजार २ सय २० रुपैयाँ बचत रहेको जनाइएको छ ।
अशोक राईले संचालन गरेको पत्रकार भेटघाटमा शसस्त्र प्रहरी बेसक्याम्प शनिश्चरे शिविर बेस क्याम्पलाई १ सेट कम्पूटर पुरस्कार स्वारुप वितरण गरेको थियो ।








