
पथरी । ३ जना चेलीबेटी बेचबिखान गरेको प्रमाणित भइ ९० वर्ष कारागार सजाय सुनाइएको २ युवा पक्राउ परेका छन ।
इन्द्रावती गाउँपालिका–४ सिन्धुपाल्चोकका वर्ष ३८ बच्चु विक सुनार र वर्ष ४७ दावा तामाङ भनेर चिनिने दावा लामालाई प्रहरीले पक्राउ गरेको हो ।
सीआईबीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ गरेको थियो ।
बच्चुलाई ३० वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तथा दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको प्रहरीले जानकारी दिएको छ । उनिहरुले ३ जना नेपाली चेलीबेटीलाई १ लाख रुपैयाँको दरले बेचेको प्रहरी अनुसनधानबाट खुलेको थियो







