
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ किर्तिपुर मोरङमा स्थापना गरिएको अस्थाई प्रहरी चौकीको भवन निर्माण गर्न स्थानिय ३ जना समाजसेवीहरुले जग्गा दान गर्ने घोषणा गरेका छन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ४ बस्ने नरेन्द्र थापाले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा र पथरी शनिश्चरे वडा १ का देव श्रेष्ठ १ कठठा गरि जम्मा ३ कठठा जग्गा दान गर्ने घोषणा गरेका हुन ।
हिजो चैत्र २० सोमबार एक कार्यक्रमको विच नगरप्रमुख मोहन तुम्वापो र इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेश बहादुर श्रेष्ठको उपस्थितीमा अस्थाई प्रहरी चौकी किर्तिपुरको भवन निर्माण गर्नको लागि दाताहरुले जग्गा दिने प्रतिवद्धता जनाएका थिए ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरीका प्रमुख डिएसपी श्रेष्ठका अनुसार जग्गा प्राप्तीको लागी कानुनी पकृया वडा कार्यालयबाट सुरु हुने बताए । वडा न. ४ का वडा अध्यक्ष लोक किरण न्यौपानेका अनुसार चैत्र भित्रमा चौकीको स्वामित्वमा ल्याएर इस्थाई प्रहरी कार्यालय बनाउन पहल गरिने बताए ।






