
पथरी । पथरी शनिश्चरे नगर प्रहरीले अस्पतालबाट निस्कीएको फोहोर मैला बोकेको पिकप नियन्त्रणमा लिएको छ ।
हिजो चैत्र २० गते राती ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकप नियन्त्रणमा लिएको हो ।
विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको उत्त गाडी रातीको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।
डम्पीङसाइटमा आगो लगाएर स्थानियबासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेकी गर्न टोली परिचालन हुँदा उनिहरुलाई पक्राउ गरिएको नगर प्रहरी हवल्दार बलबहादुर गौतमले जानकारी दिए ।
गाडी चालक विनोद थारु र सहचालक शुसिल चौधरी पनि नियन्त्रणमा लिएर छाडीएको पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला ब्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताए ।
अस्पतालबाट निस्किीएको फोहोर मैला कुनै पनि डम्पीङ साइटमा छोडन नहुने र डढाउन नहुने कानुन रहे पनि पहिला यसरी नै अनलोड गरेर डढाउने गरेको आशंका गरिएको राईले जनाए ।
प्रमुख राईले जानकारी दिए अनुसार फोहोर मैला ब्यवस्थापन ऐन २०६८ अनुसार ५० हजार देखी १ लाख रुपैयाँसम्मा जरिवाना हुन सक्नेछ । पथरी शनिश्चरे नगरपालिकाको सरसफाईमा कार्यरत एक कर्मचारीको संलग्नता हुन सक्ने रहेको बताउदै प्रमाण पुगे कारबाही प्रकृया अगाडी बढाउने शाखा प्रमुख सुरेन्द्र राईले बताए ।






