पथरी । पथरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष तेजेन्द्र प्रकाश राजभण्डारीलाई पद मुत्त गरेको छ ।
२०८० चैत्र १९ गते बसेको बैठकले कोषाध्यक्ष तेजेन्द्र प्रकाश भण्डारीलाई पदमुत्त गरेको हो ।
कोषाध्यक्ष राजभण्डारीलाई च.नं. २०६÷०८०÷०८१ को प.सं. ०१ पत्र लेखेर बैंक तथा वित्तिय संस्थाहरुलाई जानकारी गरिएको सुचिकृत निर्देशन न. १२।०८० बुँदा न. ९ (३) बमोजिम कालो सुचिमा समावेश भएकोले पद मुत्त गरिएको जनाएको छ ।
संघका अध्यक्ष दिपक बस्नेत र महासचिव अशोक कुमार राईले हस्ताक्षर गरेको पत्रमा संघको विधान २०७१ को परिच्छिेद ३ को दफा ९ को उपदफा २ बमोजिम १५ दिनको म्याद राखि आफनो सवुद सहित सफाइका लागि दिएको मौका समाप्त भएकोले पद मुत्त गरेको पत्रमा उल्लेख छ ।
यस्तै संघको विधान २०७१ को परिच्छेद ३ दफा ९ को उपदफा १, ज अनुसार आफनो पदिय दुरुपायोग गरेको पाइएकोले विधानको परिच्छेद ३ दफा ८ को उपदफा घ र च अनुसार कोषाध्यक्ष र सदस्य समेत नरहने गरि मुत्त गरेको जनाइएको छ ।
यता आफलाई कारबाही गरेको विषय थाह पाएको बताउदै अबैधानिक टिमको अबैधानिक बैठकले गरेको अबैधानिक निर्णय मान्य नहुने तेजेन्द्र प्रकाश राजभण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको र मोरङ जिल्ला अदालतमा समेत आफुले किर्ते हस्ताक्षर बिरुद्धको मुद्धा दर्ता गरेको हुनाले न्याय पाउने बताए । पथरी उद्योग बाणिज्य संघको २०८० फागुन ७ गते सम्पन्न १९ औं साधरण सभाबाट कोषाध्यक्ष पदमा तेजेन्द्र प्रकाश राजभण्डारी सर्बसम्मत र अध्यक्ष दिपक बस्नेत निर्वाचनको प्रकृयाबाट निर्वाचित भएर आएका थिए ।

तपाईको प्रतिक्रिया