
पक्राउ परेका उनिहरुको प्रहरीले नियन्त्रणमा लिएको नगद तथा जिन्सी सामानहरु । तस्वीर इप्रका पथरी
पथरी । इलाका प्रहरी कार्यालय पथरीले ७० हजार रुपैयाँ नगर र ब्राउन सुगर सहित २ जना युवालाई पक्राउ गरेको छ ।
हिजो चैत्र २३ गते शुक्रबार शंका लागी चेकजाँच गर्ने क्रममा पथरी शनिश्चरे नगरपालिका ८ मोरङ बस्ने वर्ष ३२ भिमराज राई र वर्ष २७ का पुष्प मगरलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक ब्रह्मादेव शाहको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो ।
पथरी शनिश्चरे ९ मंगलबारेबारे डाँडामा खानतलासी गर्दा भिमराज राईको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर, नगद ५ हजार रुपैयाँ, एक थान मोवाइल र पुष्प मगरको साथबाट नगद ६५ हजार रुपैयाँ, ४ सय मिलिग्राम ब्राउन सुगर र एक थान मोवाइल सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासत राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।







