पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ हनुमानचौकका बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका २ मंगलबारे स्थित लामपाते सिमसार पोखरीमा पौडी खेल्ने क्रममा पुण्य प्रसाद गौतमको छोरा वर्ष ११ को सूर्य गौतमको मृत्यु भएका हो ।
इ.प्र.का उर्लावारी मोरङका अनुसार चैत्र आज २७ मंगलबार दिउसो २ः४० बजेको समयमा उत्त घटना भएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमको लागी मदन भण्डारी ट्रमा सेन्टर मंगलवारेमा राखिएको इप्रका उर्लाबारीले जानकारी दियो ।






