पथरी । सहिद रत्नकुमार बान्तावा  तेस्रो राष्ट्रिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ दोस्रो दिन आज चौथो चरणको खेल सम्पन्न भएको छ ।
हिजो चैत्र २७ गतेबाट पथरी शनिश्चरे नगरपालिका वडा न. २ मोरङको सिनभिलेज पार्टी प्यालेसमा उदघाटन भएर संचालन भइरहेकोे यस प्रतियोगिता आज चैत्र २८ गतेसम्मा ४ चरणको खेल सम्पन्न भएको हो ।
फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे मोरङले आयोजना गरेको चौथो चरणसम्माको खेलमा स्थानिय खेलाडी लोक सागर साम्बाले अपराजित यात्रालाई कायम गर्दै शिर्ष स्थानमा छन ।
साम्बाले तेस्रो चरणको खेलमा यस प्रतियोगिताको प्रथम संस्करण बिजेता शुश्रत दाहालसंग बराबरी खेले ।
पुरुषोतम सिलवाल, सिएम मिलन लामा, वर्तमान नेपाल च्याम्पीयन रुपेश जैसवाल, आशिष फुयल, अबिरल राई, राजन पुरी, शुश्रत दाहालले अपराजित यात्रा कायम गरेको आयोजक समितिका कोषाध्यक्ष तथा चिफ आर्बिटर डम्बर राईले बताए ।
खेलको दोस्रो चरणमा १९३४ रेटिङ रहेका बिष्णु लिम्बूलाई अर्का स्थानिय खेलाडी जीवन राईले पराजित गरे ।
२ हजार १ रेटिङ भएका सिएम मिलन लामासंग झापाका महिला खेलाडी कृतीसरा अधिकारीले बराबरी खेलिन ।
चौथो चरण संचालन भएको खेलमा पथरी शनिश्चरे नगर च्याम्पीयन निलम बस्नेत झापाका राजन सुवेदीसंग पराजित भए ।
चौथो चरणसम्मा आइपुग्दा राजेन्द्र राई, सुमन श्रेष्ठ, राजन सुवेदी, पूर्व नेपाल च्याम्पीयन नविन तन्दुकार राजनकुमार पोख्रेल को शतप्रतिशत जित निकालेका छन । भोली चैत्र २९ गते बिहान ८ बजेको समय देखी पाँचौं चरणको खेल संचालन हुने आयोजक समितिका अध्यक्ष अमिर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया