
पथरी । हरियाली सामुदायिक वन लिमिटेडले अध्यक्ष पदमा दिलबहादुर तामाङलाई नेतृत्व प्रदान गरेर लगेको छ ।
पथरीशनिश्चरे नगरपालिका २ मोरङमा स्थापना भएको यस कम्पनीको आज बसेको बिशेष बैठकले निर्णय गर्दै लिमिटेडको सदस्यहरुमा रोहित बास्तोला, प्रह्लाद चौहान, मालती श्रेष्ठ, पुष्पा लिम्बु र कुमारी तामाङलाई सर्बसम्मत नियुत्ती गरेर लगेको हो । लिमिटेडका अध्यक्ष अशोक कुमार राईले अध्यक्ष पदबाट राजिनामा दिएपछि यो कम्पनी नेतृत्व बिहिन भएको थियो ।
नेतृत्वमा आएका टिमलाई हरियाली सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष काबुलबहादुर मगरले खदा ओढाएर शुभकामना दिएका थिए भने निवर्तमान अध्यक्ष अशोककुमार राईले सामाजिक संजाल फेसबुकबाट शुभकामना दिए ।





