आगलागी नियन्त्रणको लागी पथरी शनिश्चरे नगरपालिकाको दमकलबाट पानीको फोहोरा दिदै गरेको तस्वीर । तस्वीर सौजन्य बिरोज मगर
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ स्थित जनप्रिय टोलमा अगलागी हुँदा ३ लाख बराबरको क्षती भएको छ ।
हिजो चैत्र २८ गते बेलुका ९ः३० बजेको बजेको समयमा स्थानिय महेन्द्र प्रसाद दाहालको घरमा आगलगी हुँदा घर सहित धनमाल जलेर ३ लाख रुपैयाँ बराबरको क्षती भएको हो ।
आगलागीमा परेर दाहालको काठबाट बनेको टाँडेघर खाध्यन्न, भाँडाकुडा, लत्ता कपडा जलेर नष्ट भएको स्थानिय पूर्व वडा सदस्य बिरोज मगरले जानकारी दिए । मानविय र पशुचौपायमा क्षती नभएको प्रहरी चौकी किर्तिपुरले जनाएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको दमकल, प्रहरी र स्थानियले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए । आगलागी पिडितका लागी तत्काल राहतको ब्यवस्थापन गरेर आवास निर्माणका लागी पहल थाल्ने काम आजबाट नै गर्ने वडा न. ७ का अध्यक्ष उद्धवराज बस्नेतले जानकारी गराए ।
आगलागी पिडित परिवार छिमेकी डिल्ली चाँपागाइको घरमा सरन लिएर बसेको प्रसनी रामदेव मेहेता दिए ।

तपाईको प्रतिक्रिया