रुपेश जैसवाल वर्तमान नेपाल च्याम्पियन २०८० मा आयोजना भएको बुद्धिचाल प्रतियोगिताको प्रथम ।
विजय खम्बु
पथरी । नेपाल राष्ट्रको प्रतिनिधित्व गरेर बिभिन्न देशहरुमा आयोजित बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाउदै आएका २०८० का नेपाल च्याम्पियन रुपेश जैसवालले पथरीमा आयोजित बुद्धिचाल प्रतियोगिताको प्रशंसा गरेका छन ।
फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे मोरङले चैत्र २७ गतेदेखी ३० गतेसम्मा ४ दिने बुद्धिचाल प्रतियोगितामा सहभागी हुन काठमाण्डौंदेखी पथरी शनिश्चरे आएका वर्तमान नेपाल च्याम्पियन जैसवालले प्रतियोगिताको प्रशंसा गरेका हुन ।
तेस्रो सहिद रत्नकुमार बान्तावा राष्ट्र ब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० मा सहभागी भएर चौथो स्थानमा चित्त बुझाएका जैसवाल नेपालको प्रतिनिधित्व गर्दै बुद्धिचाल वल्र्डकप खेल्ने हालसम्मा नेपालको पहिलो एकमात्र खेलाडी हुन ।
जैसवालले सन २०२३ जुलाई २९ देखी अगष्ट २५ सम्मा भएको बाकु हजरबैजानमा आयोजना भएको विश्वकपमा सहभागी हुने अवसर पाएको थिए भने विश्वकप खेल्न आउने खेलाडीहरुसंग अनुभव साटासाट गरे ।


२६ वर्ष उमेर पुगेका जैसवालको जन्म पोहोरा नगर पालिका बसन्तकट्टी रौतहत जन्मीएका जैसवालले भारत, बंगलादेश, श्रीलंका, सिङगापुर, रसिया, जर्जिया, भेतनाम टर्की लगायतका देशहरुमा गएर बुद्धिचाल खेलिसकेका छन । रुपेश जैसवालको २२८९ लाइभ रेटिङ हो । पब्लीस हुँदा २२३८ भयो भने हाल १९६९ रेटिङ कायम गरेका छन ।
मा भएको थियो । जैसवालले भने खेल अवधीभर भरपुर मनोन्जन लिएको बताउँदै आफुप्रति आयोजकले देखाएको सदासनयता प्रति धन्यबाद दिएका छन । फ्रेण्डसीप चेस क्लब पथरी शनिश्चरेले आयोजना गर्ने खेलहरुमा सहभागी हुने प्रतिबद्धता पनि जनाए । खानबस्न राम्रो प्रबन्ध गरेर खेल स्थल ब्यवस्थीत रहेको बताए । बुुद्धिचाल प्रतियोगितामा उज्वल भबिष्य रहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया