
पथरी । कानेपोखरी गाँउ पालिका कार्यालयको शिक्षा शाखा प्रमुख जिम्मेवारी सम्हाली रहेका बेगबहादुर काफलेलाई अभद्र ब्यावहारको मुद्धा दर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीमा पिडित महिलाले जाहेरी दर्खास्ता दिए पछि शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेका काफले बिरुद्धमा अभद्र ब्यावहारको मुद्धा दर्ता भएको हो ।
पिडित महिलालाई पिडक भनिएका शिक्षा शाखा प्रमुख काफ्लेले २०८० चैत्र १६ गते दिउँसो ४ बजेको समयमा कानेपोखरी÷रंगेली सडक खण्ड अन्तरगत वडा न. ६ मा पर्ने सडकमा हिंडिरहेको अवस्थामा रोकेर आफु अधिकृत रहेको र ज्यान समेत लिन सक्ने भन्दै धम्काएको भन्दै चैत्र २८ प्रहरीमा जाहेरी दर्खास्त दिएकी थिइन ।
आफु बिरुद्ध प्रहरीमा जाहेरी दर्खास्ता परेको सुचना पाउन बित्तिकै काफ्ले फरार रहेको प्रहरीले जनाएको छ ।
महालक्ष्मी नगरपालिका १ धनकुटा स्थाइ ठेगाना रहेका काफ्लेको खोजी कार्यको लागी प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठले जानकारी दिएका छन ।






