भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा न. १ तिम्मा भोजपुर स्थाइ घर भएका माओबादी कार्यकर्ता डकैत गरेको अभियोगमा पक्राउ परेका छन ।
वर्ष ३७ का सुमित भनिने सुमत परियारलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले एक वद्धालाई लुटपाट तथा डकैत गरेको अभियोगमा पक्राउ गरेको हो ।
यहिं बैसाख २ गते बिहान करिब ९ बजेको समयमा षडानन्द नगरपालिका २ बस्ने वर्ष ८२ की पासाङ ल्हामु शेर्पालाई सोही पालिकाको वडा न. ९ जुगे जंगलमा स्वाचालित हतियार पेस्तोल देखाएर लुटपाट गरेको थियो ।
इलाका प्रहरी कार्यालय दिङलामा जाहेरी दिएको आधारमा अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले सुमित भनिने सुमत परियारलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका परियारको साथबाट प्रहरीले १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको म्यागजिन १ थान, ७ राउण्ड गोली, सेतो टेपले बेरेरको अवस्थामा ४ राउण्ड गोली र नगद ९ हजार ५० रुपैयाँ लुटिएको सुनका गहनाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीले जानकारी दिए अनुसार २०७६ फागुन ११ गते पक्राउ परि ३ वर्ष ६ महिना कैद सजाय पाएर २०८० भदौ महिनामा कारागारबाट छुटेको जनाएको छ ।
उनलाई एनसिइएल टावर आगजनी, जेसिबि आगलागी, राज्य बिरुद्धको कसुर लगायत ५ वटा मुद्धा दर्ता भएको थियो । उनि नेकपा माओबादी बिप्लव समुह, नेकपा बहुमत हुँदै हाल बैद्य निकट माओबादीको जिल्ला सदस्य रहेको बयान गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका नि. सुचना अधिकारी बिशाल लिम्बुले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा राखेर थप कानुनी कारबाहीको प्रकृया अगाडी बढाइएको प्रनि लिम्बुले जनाए ।

तपाईको प्रतिक्रिया