
होटल पारिजातका संचालक रविन राई र सोमा राईको तस्वीर ।
विजय खम्बु
पथरी । ३३ वर्षदेखी निरन्तर होटल ब्यवसायमा लागेका रविन राई र सोमा राई दम्पती सफल ब्यवसायी हुन । २०४७ सालमा कानेपोखरीबाट ब्यवसायिक रुपमा सुरु गरेको “होटल पारिजात” को दोस्रो सिक्वयल न्यू होटल पारिजात पथरीमा छ ।
होटल संचालक राईका अनुसार युवा अवस्थामा आफु विष्णुकुमारी वाइवा (पारिजात) ले लेखेका पुस्तक तथा लेखहरु पढने गरेको र पारिजात फुल आफुलाई मन पर्ने भएकोले होटलको नाम नै पारिजात रहन गएको बताए ।
कानेपोखरीको सफलतापछि पथरीमा राई दम्पतीले २०७० मा करिब १ करोड बढी लगानी गरी संचालनमा ल्याएको न्यू होटल पारिजात सफल रुपमा संचालन भएको होटल हो ।
बसे लेउ लाग्छ, हिंडे छेउ लाग्छ भन्ने आहान अनुसार राई दम्पतीको निरन्तर रुपमा गरेको मिहेनत, परिश्रम र लगानी गर्दा बसे लेउ लाग्छ भन्ने पुष्टी गर्छ ।
खोटाङ दित्तेलको रतन्छामा जन्मीएका रविन राईलाई सानै छंदा २०३० सालमा अविभावकले बसाई सारेर झापा झारेका थिए । झापामा केही समयको बसाई पश्चात २०३२ सालमा कानेपोखरी मोरङमा पुनः आएको राई बताउँछन ।
२०६१ सालबाट थुक्पा, चाउमिन खाजा नास्ताको होटल ब्यवसायलाई थप परिमार्जन गरी बंगुरको सेकुवा र लोकल कुखुराको बिभिन्न भेराइटी थपेपछि ग्राहकको ओइरो लाग्न थालेको थियो । मासुको भेराटीसंगै बिभिन्न ४० प्रजातीका जडिबुट्टीहरु मिसाएर बनाइएको घरेलु (आराखा) रक्सी पाखन्बेदले बजार नै कब्जा गर्न सफल भयो ।
खास गरि किरात राई जातीले घरेलु रक्सीलाई जडिबुट्टी मिसाएर बनाइ औषधीको रुपमा सेवन गर्ने परम्परागत संस्कारलाई ब्यवसायिक रुपमा संचालन गर्दा सफलता पाए । पाखन्बेद नामाकारण गरि ब्यवसाय संचालन गर्ने पहिलो ब्यात्तीको रुपमा रविन राईलाई चिन्न सकिन्छ ।
होटल ब्यवसायमा सफा र ताजा खानेकुरा महत्वपूर्ण कुरा रहेको बताउदै सुन्दर पनि हुनु पर्ने राईको तर्क छ । होटल संचालक तथा ब्यवसायी संचालन गर्दा कानुनले बन्देज गरेका कामहरु नगर्दा बढी सफलता पाइने राईको अनुभव रहेको छ ।
होटल ब्यवसाय दुखिया पेशा भए पनि आफुलाई आनन्द लाग्ने गरेको राई बताउँछन । यो पेशाबाट परिवार पालिएको र २ छोरा पढाउदैछु, राई भन्छन । रविन राईसंग बैंक लोन नभएकोले पनि आर्थिक मन्दीको संकटले सकस नबनाएको बताउँछन ।
बजारमा करिब ३० लाख भन्दा बढी पैसा छरिएको र खातामा मात्रै भएको हुनाले चाहीं समस्या हुने गरेको बताए ।






