समुहका अध्यक्ष अध्यक्ष उदयकुमार राई (दिनेश)
विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा रहेको मनकामना सामुदायिक वन उपभोत्ता समुहले दिगो ब्यवसायीक पर्यटनको विकासमा आफ्नो ध्यान केन्द्रित गरेर लागेको छ ।
८१.६६ हेक्टर क्षेत्रफलमा फैलिएको रहेको वन क्षेत्र मध्ये १६ हेक्टरलाई ब्यवसायीक पर्यटकिय स्थलको रुपमा विकास गरिसकेको हो ।


समुहको अन्तरिक स्रोतबाट ट्रि हाउस, ट्रि टावर, वालमैत्री खेलकुदका लागि बेवी स्वीमिङ, जम्पीङ, चाकलचुकुल र मिक्किमाउस निर्माण गरिएको छ ।
पूर्वमा चर्चित कटुसे खाजा घरको अवधारणा ल्याएर ४ वर्ष अगाडीदेखी संचालनमा ल्याएको यस समुहले पर्यटनको मुख्य मेरुदण्डको रुपमा स्थापित हुन सफल भयो ।


मासिक १ लाख रुपैयाँ भन्दा बराबर भाडा र टिकटबाट आम्दानी हुने गरेको समुहका अध्यक्ष उदयकुमार राई दिनेशले बताए ।
अध्यक्ष राईका अनुसार पर्यटनलाई अझ मजबुद बनाउंदै लाने समुहको निति रहेको जानकारी दिए ।
समुहले आन्तरिक पर्यटन अन्तरगतको माछा पोखरीबाट यस वर्ष करिब ३ सय ५० केजी माछा बेचेर आम्दानी गरिएको बताए । समुहले निर्माण गरेको ३ वटा पोखरी रहेको छ ।
वन पैदावर निकासा कम हुने गरेको बताउदै उपभोत्ताहरुले रोजगारी पाएको अध्यक्ष राई बताउँछन । मनकामना सामुदायिक वन उपभोत्ता समुहमा २ सय २१ घरधुरी रहेका छन ।

तपाईको प्रतिक्रिया