पथरी । पंचायत मावि पथरी शनिश्चरे १ मोरङमा कार्यरत शिक्षक गणेश बिष्टको बाँसुरी बादन कलाले सबैलाई मन्त्रमुग्ध बनाउँछ । सानै उमेरदेखी बाँसुरी बजाउने गरेका बिष्टले कुनैपनि बाँसुरी सम्बन्धी कोर्ष गरेका छैनन्, तर बिष्टको बाँसुरी बादन कला भने ब्यवसायिक र कोर्ष सम्पन्न गरेका प्रशिक्षार्थीको भन्दा कम छैन ।
नेपाली गितहरुमा बाँसुरीको कभरसङले मन्त्रमुग्ध बनाउँछ । आफनो फेसबुक वालमा भिडियो अपलोड गर्दै आएका बिष्टले आफनो युटयूब च्यानल मार्फत अपलोड सुरु गरेका छन ।
साविक कुदाककाउले गा. वि.स.–१, भोजपुर, हाल षडानन्द न. पा. २, भोजपुरमा २०३७ श्रावण ८ जन्मीएका बिष्ट बाबुआमा सहित पथरीशनिश्चरे १ मन्दिरलाइन बसोबास गर्छन । अङ्ग्रेजी विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका बिष्ट पंचायत माबिको अंग्रेजी, विज्ञान तथा सिभिल ईन्जिनियरिङ समूहमा कार्यरत शिक्षक हुन छन । ग्यालेक्सी पब्लिक स्कुल काठमाण्डौं (२०६३–२०६५) सम्मा अन्नपुर्ण आवासिय माध्यमिक विद्यालय, पथरी शनिश्चरे १मा ( प्रिन्सिपलः २०६६– २०७२), पथरी बहुमुखी क्याम्पस (२०६६– २०७३)
पन्चायत मा. वि मा २०६६– हालसम्मा छन ।
पन्चायत मा..वि द्वारा २०८० मा उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएका बिष्टका बुबाः टेक बहादुर विष्ट र आमाः सीता विष्ट हुन ।

तपाईको प्रतिक्रिया