
बिराटनगर । बिराटनगर ११ मा निर्मल तामाङले वडा अध्यक्ष पद्का लागी स्वतन्त्र उम्मेद्धवारीको मनोनयन दर्ता गराएका छन ।
विपद व्यवस्थापन, पारदर्शीता र सुशासनका विषयमा काम गर्दै आएका तामाङले महाभुकम्प गएको बेला संचालन गरी र्यापिड रेस्पोन्स टिम नेपालकै उत्कृष्ट तिन प्राविधिक समुहको नेतृत्व गरेका तामाङले स्वतान्त्र उम्मेद्धवारी दर्ता गराएका हुन ।
तामाङले नेतृत्व गरेको उत्त समुहले दक्षिण एसियाली क्षेत्रमा प्रदान गरिने ईएनजिओ अवार्डको स्पेशल अवार्ड समेत प्राप्त गरेको थियो । अत्याधिक मत पाएर निर्वाचित हुने दाबि गर्दै तामाङले आफु वडाध्यक्ष भएपश्चात जन्म/मृत्यु जस्ता घटनादर्ता, गर्भवतीको पोषणभत्ता/ बृद्धभत्ता/अपाङ्गभत्ता जस्ता सामाजिक सुरक्षा भत्तालगायत कामहरु जनताको घरैबाट प्राप्त हुने गरि काम गर्ने बताए ।
तामाङको उम्मेद्धवारीलाई श्यामकुमार श्रेष्ठ प्रस्ताव गरेका छन भने र यमुनाराज श्रेष्ठको समर्थन जनाएका छन ।






