विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा एक जना बिरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ ।
मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन थालेपछि स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको टोलीबाट उनको मुटुमा तीन वर्ष अगाडि हालिएको स्टेण्टमा पुन ब्लकेज भए पछि विना स्टेण्ट ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गरिएको थियो ।
प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ ।
तीन वर्ष अगाडि इलाम जिल्ला सन्दकपुर गाउँपालिकाका एक जना बिरामीलाई छाती दुख्ने समस्या भयो । गाउँघरमा सुरुमा धामी झाँक्री लगाउने चलन र त्यसैमा दुई दिन बित्यो तर दुखाई घट्नुको सट्टामा बढेर गए पछि उनी उपचारको लागि झापा झरे र उपचारको क्रममा भारतको सिलिगुडीमा स्टेण्ट लगाएर एन्जियोप्लाष्टी भयो । पछि फेरी छाती दुख्ने समस्या सुरु भए पछि उनी उपचारको लागि तत्काल झापामा आई जाँच गराए र थप उपचारको लागि नोवेल आए ।
प्रा. डा. राजेश नेपालका अनुसार स्टेण्ट हालेर गरिने एन्जियोप्लाष्टीको बैकल्पिक रुपमा यो प्रविधि रहेको छ । यसमा औषधी भएको बेलुन साँधुरिएको धमनीमा पु¥याएर फुलाउने खुम्चाउने गरिन्छ । यसले गर्दा साँधुरिएको भाग खुल्न गई रगतको प्रवाह सुचारु हुन्छ ।
उनका अनुसार यो सजिलो प्रविधि रहेको र प्राविधिकरुपमा पनि सजिलो छ । जोखिम पनि कम हुन्छ । यो नयाँ प्रविधि भएको र यसको सक्सेस रेट पनि राम्रो छ । यसो भन्दा प्रश्न उठ्न सक्छ की के यसले स्टेण्टलाई विस्थापित गर्दछ ‍? तर यसले पूर्णरुपमा स्टेण्टलाई विस्थापित गर्ने अवस्था छैन । यो प्रविधिको प्रभावकारिताको आधार ५० प्रतिशत जति अवस्थामा स्टेण्टको सट्टा ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गर्न सकिने सम्भावना देखिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया