पथरी । पथरी उद्योग बाणिज्य संघको कोषाध्यक्ष पदमा स्थापित ब्यवसायी मानबहादुर श्रेष्ठलाई मनोनित गरेको छ ।
संघको शनिबार सम्पन्न बैठकबाट पथरी शनिश्चरे १ मोरङका ब्यापारी श्रेष्ठलाई रित्त रहेको कोषाध्यक्ष पदमा मनोनित गरेको हो ।
२०८० फागुन ७ गते सम्पन्न भएको संघको १९ औं साधरण सभाबाट सर्वसम्मत निर्वाचित भएका कोषाध्यक्ष तेजेन्द्र प्रकाश राजभण्डारी बिवादित भएपछि समितिको बैठकले पदमुत्त गरेसंगै उत्त पद रित्त रहेको थियो ।
बिवाद बढेसंगै तेजेन्द्र प्रकाश राजभण्डारीले समितिका अध्यक्ष दिपक बस्नेतले किर्ते हस्ताक्षर गरेको भन्दै उच्च अदालत विराटनगरमा मुद्धा दायर गरेका थिए ।
उत्त मुद्धाको बहस बैसाख ३ गते राजभण्डारीको तर्फबाट वरिष्ठ अधिबत्ता हरि प्रसाद लुइटेर र अध्यक्ष बस्नेतको तर्फबाट बरिष्ठ अधिबत्ता हेमराज पन्त, अधिबत्तद्धय खगेन्द्र बहादुर श्रेष्ठ र डा. देउमान सम्बाहाम्फेले बहस गरेका थिए ।
न्यायधिस श्रीधरा कुमारी पुडासैनी र न्यायधिस राजेन्द्र अधिकारीको इजलासले हाललाई आन्तरिम आदेश जारिगरि रहन नपर्ने भएकोले नियमनुसार गर्नु भन्ने आदेस दिएसंगै पथरी उद्योग बाणिज्य संघको बैठक बसि कोषाध्यक्ष पदमा मान बहादुर श्रेष्ठलाई मनोनित गरिएको संघका महासचिव अशोक कुमार राईले बताए ।
सोही बैठकबाट कुलप्रसाद फुयल (विकास)ं कुवेरनाथ भण्डारी, मदन प्रसाद गुरागाई र कुल बहादुर गुरुङलाई सदस्य पदमा मनोनित गरेको छ ।
संघको सल्लाहाकार समितिको संयोजक निवर्तमान अध्यक्ष धन कुमार तामाङ र सदस्यहरुमा गंगा प्रसाद सुवेदी, पर्शुराम कार्की, डिग बहादुर अधिकारी, मानप्रसाद लिम्बु, अर्जुन कुमार बुढाथोकी, र उमेश बिष्टलाई चयन गरिएको अध्यक्ष दिपक बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया