
विजय खम्बु
पथरी । बिशाल स. मिलका संचालक तेजबहादुर बुढाथोकीले १० हजार रुपैयाँबाट ब्यवसाय सुरु गरेर अहिले करोडौं रुपैयाँको मालिक बन्न सफल भए ।
२०५७ सालबाट काठको कारोबारमा प्रबेश गर्दा बुढाथोकीको मूल पुँजी १० हजार रुपैयाँ थियो । सुरुवातमा तेह्रथुमबाट अधिकारी थरका साथीलाई पार्टनर बनाएर यो ब्यवसायमा छिरेका तेजबहादुर बुढाथोकीको ब्यापारिक संजाल अहिले काठमाण्डौं सहित नेपालको बिभिन्न ठाँउहरुमा बिस्तार गर्न सफल भएका छन ।
२०६३ सालसम्मा आनासुकी पैसा गरेर जमाएको रकम र केही ऋण गरेर करिब ४ लाख रुपैयाँको लागतमा पथरीशनिश्चरे ९ मा बिश्वकर्मा बाबा स. मिलको स्थापना गरि ब्यापारिक यात्रालाई स्थापित गरे ।
बिश्वकर्मा बाबा स. मिल अहिले आनन्द लिम्बुले संचालन गरिरहेका छन ।
२०७० बाट थाकथाको माबोहाङ स. मिल भाडामा लिएर करिब ५ वर्ष चलाए । २०७५ देखी भने आफैले ९ कठठा जग्गा खरिद गरेर बिशाल स. मिल संचालनमा ल्याएर सफल ब्यवासायीको दर्जामा स्थापित हुन सफल भएका छन ।
तेजबहादुर बढाथोकीले करिब ४ करोड रुपैयाँ बढी लगानी गरेर बिशाल स. मिल स्थापना गरेसंगै दैनिक २२ जनाले रोजगारी पाइरहेका छन ।

ब्यवसायबाट आएको आम्दानीबाट १३ प्रतिशतका दरले २६ लाख रुपैयाँ नेपाल सरकारलाई कर तिरेका उनि बताउँछन । यहिं ब्यवसायबाट भएको आम्दानीले छोरालाई एमबिबिएएस डा. पढाए । अहिले मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मंगलबारेमा कार्यरत छन । १ छोरा बुहारी बेलायत जाने तयारीमा रहेका बुढाथोकी बताउछन । पथरी शनिश्चरे १ सुनाखरी चौकमा घर बनाएका बुढाथोकीले पुख्र्यौली सम्पतीबाट ब्यापारमा लगानी नगरेको बताउँछन ।
बैंकको करिब १ करोड रुपैयाँ ऋण रहेको र अब ज्यानले सकिन्जेल यो इमान्दारीताको साथ यस ब्यवसायमा रहने बुढाथोकीको भनाई छ ।
आफु सफल हुनुमा परिवारका अन्य सदस्यको साथ र श्रीमतीको मुख्य सहयोगले सफल भएको उनको बुझाई छ । तेजबहादुर बुढाथोकी समाजका एक उदाहरणिय पात्र हुन । जसले थोरै लगानीबाट पनि ब्यवसाय सुरुवात गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भए । ब्यापारको लागि मुख्य बजार हो । इमान्दारिताको साथ काम गर्दा बजारमा बिकिन्छ भन्ने बढी बुझन जरुरी छ ।






