पथरी । इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध सहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ मोरङ बस्ने वर्ष ४६ को श्याम कुमार खड्का सोही स्थान बस्ने बर्स २७ का सुजन कार्की र बर्ष ३५ का राम जित लिम्बुलाई पक्राउ गरेको हो ।
उनिहरुलाई बैसाख ९ गते राती ११ः३० बजेको समयमा खडकाको घर पथरी शनिश्चरे १ बाट पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिए अनुसार खडकाको घरबाट ६ ग्राम ब्राउनसुगर, निट्राभेट १० लेखिएको ६५ चक्की, स्कुफ १०० एमएलको ३ बोत्तल सहित नियन्त्रणमा लिएको छ ।
यस्तै सोही दिनको बेलुका ७ः३० बजेको समयमा पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का अनिल मगर, पथरी शनिश्चरे वडा न. १० बस्ने वर्ष २० का अनिहाङ लिम्बुलाई पनि पक्राउ गरेको जनाएको छ ।
अनिल मगरको घरबाट छापा मारेर १८० मिलिग्राम ब्राउन सुगर, ४ सय ग्राम गाँजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका ५ जनालार्ई लागु औषध मुद्धामा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।





