
पथरी शनिश्चरे १ मन्दिरलाइन÷बुद्धचौक सडक निर्माणकार्यको ७० प्रतिशत काम करिब ७० भइरहेको छ । बिएण्बी कानेपोखरी निर्माण कम्पनीले काम गरिरहेको यो सडक २ करोड ६ लाखको लागतमा निर्माण भइ रहेको हो ।
कालोपत्रेको लागी प्राइमर छिटने काम सकिएको पथरी शनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले जानकारी दिएका छन ।
पहिलेको सम्झौता अनुसार सडक निर्माणको कामको चौडाइ ११ मिटर मात्रै भएपनि ड्रेन टु डे«न कालोपत्रे बनाउनु पर्ने स्थानियको माग भए अनुसार सम्झौतालाई पुनःमुल्याङकन गर्नु पर्ने अवस्था आएको समेत वडा अध्यक्ष राईले जानकारी दिए ।
मौसमले साथ दिएमा अब १५ दिन भित्रमा पिजको काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधी भोगिन्द्र राईले बताए ।
प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको पहलमा संघिय सडक डिभिजन बोर्डले लगानी गरेको सडक निर्माणकार्य भइरहेको हो ।






