
विजय खम्बु
पथरी । धिमाल समुदायको संस्कृति, रितिविज र परम्परासंग रमाइरहेकी रोमान्सी गुरुङ धिमाल समुदायकै अगुवाहरु मध्ये एक हुन ।
पथरी शनिश्चरे नगरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा धिमाल समुदायको प्रतिनिधित्व गर्दै नृत्य टोलीको नेतृत्व गरेर रोमान्सी नै गएकी हुन्छीन ।
२०६३ सालमा नेपाल आदिबासी जनजाती महासंघ पथरीको संस्थापक र राष्ट्रिय आदिबासी जनजाती महिला महासंघको पथरीको संस्थापक अध्यक्ष भएपछि धिमाल समुदायको संस्कृती र कला देखाउन नेतृत्व गर्दै हिंडन थालेकी हुन ।
पथरीमा हुने जुनसुकै कार्यक्रमहरुमा धिमाल जातीको नृत्यको माग हुँदा रोमान्सीको टोलीले सहभागिता जनाउथ्यो ।
धिमाल जाती विकास केन्द्रको केन्द्रिय सचिवको जिम्मेवारी रहेकी ४५ वर्षकी रोमान्सी आधा दर्जन बढी संस्थाहरुमा सक्रिय छिन ।
पहिले कुनै पनि कार्यक्रममा बोलाउँदा आयोजकले खाजा खुवाउने चलन थिएन । आफनो टोलीलाई आफै खाजा खुवाउथिन ।
कृष्णा इम्पोरियममा मेसिनको काम गरे वापत केही पैसा आउथ्यो, त्यही पैसाले घर खर्चदेखी पकेट खर्चसम्मा पुर्याउथिन ।
रोमान्सीको माइती गुरुङ हो । २०५६ सालमा पथरी शनिश्चरे १ का नारायण धिमालसंग बैवहिक बन्धनमा बाँधिएकी थिइन । ३ छोरीको आमाबाबु रोमान्सी र नारायणको संर्घषको सामन्य तरिकाले चलेको छ ।

रोमान्सीको श्रीमान नारायण २०६१ सालबाट अहिलेसम्मा पनि वैदेशिक रोजगारीमा छन । रोमान्सी सामाजिक र राजनितिक काममा ब्यास्त हुन्छीन ।
२०५७ साल चैत्र महिनामा पथरी शनिश्चरे १ को ऐलानी ठाँउमा जग्गा जमिन नभएकाहरु ७ घर मिलेर बसोबास गरेपछि राजनितिक र सामाजिक चेत खुल्न थालेको उनको भनाई छ ।
त्यसबेला सानो बच्चा च्यापेर महिनौंदिनसम्मा प्रहरी कार्यालयमा धाउँदाको तितो यथार्थ रोमान्सीसंग अहिले पनि ताजा नै छ ।
केही दलाल, बिचौलिया र भूमाफिया मिलेर बसेको बस्ती उठाउन खोज्दा प्रतिकार गर्ने साहास बटुल्दाको अनुभव पनि राम्रोसंग छ ।
२०७४ मा भएको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट पथरी शनिश्चरे नगरपालिका वडा न. १ को सदस्य निर्वाचित भइन ।
कक्षा १० सम्मा अध्ययन गरेकी रोमान्सीले जनप्रतिनिधीको माध्यमबाट एक कार्यकाल सेवा गरिन ।
वडा सदस्य हुँदा सरकारी निति अनुसार दिएको सेवा सुविधा बेरुजु भएर आएपछि बेचैन बनाएको रोमान्सीले बताइन ।
समाजसेवा गर्दा केही थान अपमानको अनुभव पनि रहेको बताउँदै यस्ता अपमानलाई तुरुन्तै आफुले प्रतिकार नगरी सहने क्षमता रहेको बताउछिन ।
हाल शान्ति सामुदायिक वन उपभोत्ता समुहको कोषाध्यक्ष रहेकी रोमान्सी गुरुङ धिमाल सकिन्जेल इमान्दार भएर समाजसेवा नै गर्ने बताउछिन ।






