
पथरी । पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले किरात राजा यलम्बरको प्रतिमा अनावरण गरेका छन ।
पथरी शनिश्चरे नगरपालिका १ यलम्बर चौक मोरङमा आज चैत्र १७ गते सोमबार एक कार्यक्रमका बिच उदघाटन गरेका हुन ।
तामा र पित्तलबाट बनिएको यस यलम्बरको प्रतिमा सम्भवत नेपालकै पहिलो रहेको निर्माण पक्षले दावि गरेका छन । धरान सुनसरीका रोजन राईको नेतृत्वमा १८० तामा र पित्तलबाट ६ फिट अग्लो प्रतिमा निर्माण गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालबाट १४ लाख १० हजार रुपैयाँ, स्थानियबाट १ लाख ८ हजार ५ सय ५९ रुपैयाँ र पथरी शनिश्चरे नगरपालिका कार्यालयबाट १५ लाख रुपैयाँको बजेटमा निर्माण सम्पन्न भएको निर्माण उपभोत्ता समितिको सचिव जोन सुब्बाले बताए ।





