
विराटनगर । पूवी पहाडी जिल्ला भोजपुरमा नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगरले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको समभागितामा स्वास्थ्य शिविर संचालन गरिएको हो ।,, उत्त स्वास्थ्य शिविरमा एक हजार ७३ जनाले सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा भेटिएका सेवा लिन आएका एक सय ३४ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको जनाइएको छ । षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले ‘भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ’, भने, ‘निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको प्रति धेरै खुसी लागेको बताइन ।
शिविरमा जनरल मेडिसिन तथा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक, कान घाँटी, न्यूरो सर्जरी, फोक्सो, छाला तथा यौनरोग, कलेजो तथा नसारोग, ल्याब परीक्षण, भिडियो एक्सरे, बालरोगलगायत रोगको निःशुल्क उपचार गरिएको थियो ।






